३८ सय केजी सुन तस्करी गर्ने गिरोहका ८ जना ठुला माछाको नाम सार्बजनीक

काठमाडौं, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय केजी सुन तस्करी गर्ने गिरोहका थप ८ मुख्य अभियुक्तविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको छ । दुईविरुद्ध भने ‘डिफ्युजन नोटिस’ जारी भएको प्रहरीले जनाएको छ । यसअघि ३ अभियुक्तविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०ले रेडकर्नर नोटिस जारी गरिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको हो । त्यस्तै, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, झापा शिवसतासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, काभ्रे बेथानचोक गाउँपालिका–४ का हरिशरण खड्का र झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले बताए । उनीहरू सबै तस्करीमा संलग्न मुख्य व्यक्ति रहेको प्रहरीको दाबी छ ।

यसअघि धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, इटहरी नगरपालिका–६ का बेनु श्रेष्ठ र उर्लाबारी नगरपालिका–७ का रमेश उप्रेतीविरुद्ध रेड नोटिस जारी भइसकेको छ । श्रेष्ठ र उप्रेती दुबईमा पक्राउ परिसकेका छन् । उनीहरूलाई संयुक्त अरब इमिरेट्स ९युएई०को प्रहरीले पक्राउ गरी नेपालमा ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाएको छ । त्यहाँको अदालतबाट डिपोर्टसम्बन्धी आदेश हुन बाँकी भएकाले उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया लम्बिएको हो । दुबईमा पक्राउ परेका उप्रेती मुख्य नाइकेमध्ये एक चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । उनले दुबईबाट नेपालमा सुन पठाउने र हुन्डीको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । उनीहरूको हकमा अदालतले पक्राउ पुर्जी जारी नगरेकाले डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । अदालतले पक्राउ पुर्जी जारी नगरेको व्यक्तिलाई इन्टरपोलले रेड नोटिस जारी गर्दैन । डिफ्युजन नोटिस मात्र जारी भएका व्यक्तिलाई सामान्यतया धेरै देशले पक्राउ गर्दैनन्, उनीहरूबारे सूचना मात्र सम्बन्धित देशलाई दिन्छन् ।इन्टरपोलले नोटिस जारी गरेपछि गिरोहका मुख्य व्यक्तिहरूलाई पक्राउ गरी नेपाल ल्याउन सहज हुने प्रवक्ता क्षत्रीले बताए । रेड तथा डिफ्युजन नोटिस जारी भएका व्यक्तिहरू विश्वका १ सय ९२ देशको

अध्यागमन तथा प्रहरीको ‘ब्ल्याकलिस्ट’मा पर्ने भएकाले एक देशबाट अर्को देशमा जान सक्दैनन् ।सुन तस्करी मुद्दामा २ प्रहरी नै फरार सूचीमा छन् । प्रहरी जवान विष्णुबहादुर खड्का र हवल्दार अम्बरबहादुर थापामगरलाई उच्च अदालत विराटनगरले पुर्पक्षमा राख्न आदेश दिएको छ । उनीहरू जिल्ला अदालतको आदेशमा छुटेका थिए । जवान खड्का १५ हजार धरौटी तथा हवल्दार थापा साधारण तारेखमा छुटेका थिए । तर, उच्च अदालतले उनीहरूलाई पुर्पक्षमै राख्न आदेश दिएको छ । उनीहरूको हकमा अदालतको आदेश कार्यान्वयनको प्रक्रिया अगाडि बढेको मोरङका एसपी मनोजकुमार केसीले बताए ।विशेष अनुसन्धान टोलीले तस्करीमा सहयोग गर्ने अवकाशप्राप्त डिआइजीलाई समेत पक्राउ ग¥यो, तर सुन भने पत्ता लगाउन सकेन । थाई एयरलाइन्सका लोडर सानु वनले विमानस्थलबाट मध्यबानेश्वरस्थित चूडामणि उप्रेती ‘गोरे’को कार्यालयमा बुझाउन ल्याएको सुन हराएको थियो । वनको विमानस्थलभित्रै हवाई इन्धनको ट्यांकरमा ठोक्किएर मृत्यु भयो । उनको मृत्यु भएकाले सुन पत्ता लगाउन नसकिएको अनुसन्धान टोलीमा काम गरेका एक प्रहरी अधिकारीले बताए । वनले एक समूहले आफूलाई नियन्त्रणमा

लिएर सुन लुटेको बताएका थिए ।सुन तस्करी र सुन तस्करीकै विवादमा उर्लाबारीका सनम शाक्यको हत्या मुद्दाका अभियुक्तको संख्या ७७ पुगिसकेको छ । जसमध्ये ४० पुर्पक्षका लागि जेलमा छन् भने ३४ फरार छन् । पक्राउ परेकामध्ये तीन अदालतको आदेशमा धरौटीमा छुटेका छन् । उनीहरूविरुद्ध संगठित अपराध, हत्या र अपहरण गरी तीनवटा मुद्दा चलेको छ । जेलमा रहेकामध्ये ७ जना प्रहरी अधिकारी छन् ।गत २० वैशाखमा जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरेको थियो । ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धान गर्ने क्रममा थप १४ को संलग्नता खुलेको हो । पछि प्रहरीले राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये आचार्य, अधिकार र श्रेष्ठ धरौटीमा छुटे । त्यहीवेला सन्दीप खड्का फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको थियो । तेस्रो चरणमा विमल पोद्दार, प्रभात अग्रवाल, राजुकुमार दारुका, सैयद अकबर साह र इम्तियाज उद्दिनविरुद्ध पूरक अभियोगका रूपमा मुद्दा दायर गरिएकोमा पाँचैजना गत साता जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!