संगै सुतेकी श्रीमतीलाई भुत सम्झेर सिरानी मुनीको खुकुरी प्रहार

रामहरि श्रेष्ठ, ओखलढुंगा–२१ औं शताब्दीको यो आधुनिक जमानामा देशका कयौं भूभागका मानिसहरु आझैपनि भुतप्रेतमा विश्वास गर्दछन् । कहिलेकाहीँ अन्धविश्वासकै पछि लाग्दा ठूलो दुर्घटना पनि निम्तन सक्छ भन्ने उदाहरण ओखलढुंगामा घटेको एक घटना बनेको छ ।

जिल्लाको खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्यराती भूतले तर्साएको भन्दै निन्द्रामै श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई लागेर गम्भीर भएका भएकी हुन् ।

गीतामायाको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै खुकुरी प्रहार गरेको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ । श्रोत रातो पाटि

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!