भूकम्पपछि बन्द रहेको तातोपानी नाकामा ‘ग्रीन सिग्नल’

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका आगामी मे महिनादेखि ९८ महिनापछि०संचालनमा आउने चर्चा चलिरहँदा चिनीयाँ अधिकारीहरुको जम्बो टोलीले सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

तिब्बत सरकारका भाईस सेक्रेटरी जनरल छुयाङ लिउको नेतृत्वमा प्रशासनिक अधिकारीहरु तथा प्राविधिकहरु सम्मीलत ३९ सदस्यीय चिनीयाँ टोलीले तातोपानीको मितेरीपुलदेखि बाह्रविसे बजारसम्मको स्थलगत निरीक्षण गरेपछि ०७१ सालको जुरे पहिरोदेखि नै ठप्प रहेको यो नाका संचालनमा आउने संकेत देखिएको हो ।

नेपाल–चीन दुवै देशका अधिकारीहरुले सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेपछि सीमावासीमा नाका खुल्ने आशा जागेको छ । सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारहरको निरीक्षणका लागि आएको चिनीयाँ अधिकारीहरुलाई यसक्षेत्रका स्थानीय जनता, व्यापारी, व्यवसायी एवं स्थानीय सरकारका प्रतिनीधिले भव्य स्वागत र सम्मान समेत गरे ।

तिनवर्षदेखि बन्द रहेको नाका संचालन गर्नुपूर्व सडक र अन्य भौतिक पूर्वाधारहरुको निरीक्षणका लागि भूगर्भ तथा वातावरण विभागका प्राविधिकहरु सहितको चिनीयाँहरुको जम्बो टोली सीमाक्षेत्रमा आएपछि नाकावासीमा आशा जागेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!