पूजा शर्माको ‘रामकहानी’ आजबाट प्रर्दशन हुँदै

काठमाडौँ । फिल्म रामकहानी आजबाट प्रर्दशनमा आउने भएको छ । आजबाट देशभरका हलमा एकसाथ रिलिज हुने फिल्म हेर्न निर्माण यूनिटका सदस्हरु पनि सँगै काठमाडौँका हल हलमा जाने भएका छन् । फिल्म फ्लोरमा गएदेखि नै प्रचार प्रसारमा ब्यापक समय दिएको टिमले प्रर्दशन अगाडीसम्म गरेको आक्रामक प्रचारको रणनीति अनुरुप नै साताभरी नै गर्ने निर्माता तथा निर्देशक सुर्दशन थापाले जानकारी दिए ।

यसैबिच बिहिबार फिल्मको प्रचार प्रसारमा लागेको रामकहानी निर्माता निर्देशक सुर्दशन थापाले प्रचार प्रसारकै क्रममा काठमाडौँको नयाँ बसपार्कमा अवस्थित बसपार्कमा केक काटेर आफ्ना दर्शकका अगाडी जन्मदिन मनाएका थिए । यसअघि बिहिबार नै चलचित्र यूनिटले काठमाडैँको बसपार्क, बानेश्वर लगायतका स्थानमा भब्य कार्यक्रम गर्दै चलचित्रको प्रचार प्रसार गरेका थिए । सो अवसरमा फिल्मका पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जीतु नेपाल लगायतका कलाकारहरुको बाक्लो उपस्थि देख्न सकिन्थ्यो ।

विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको फिल्मकी निर्मात्री हुन् अभिनेत्री पूजा शर्मा । पूजा र सुर्दशनले निर्माण गरेको फिल्ममा अभिनेता आकाश श्रेष्ठको अभिनययको खुलेर तारिफ गरिएको छ । फिल्म “राम काहानी” ले आफ्नो फिल्म प्रचार प्रसारलाई तिब्र बनाउदै राजाधानिमा बिभिन्न कार्यक्रम गरी यसलाई तिब्रताका साथ बढाएका बेला फिल्मले दर्शकमा कौतुहलता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!