पटक-पटक नेपाललाई जितेका भारतसंग यसपटक पनि नेपालले फाइनल खेल्नुपर्ने

काठमाडौं- नेपालले खेलकुदमा नसोचेको उपलब्धि हात पारिरहेको छ । क्रिकेटमा चम्किरहेको छ । महिला फुटबलमा उस्तै इज्जत राखिरहेको छ । नेपाली महिला फुटबलरसँग अब साविकको च्याम्पियन भारतपनि डरान थालेको खेल विश्लेषकहरुको भनाई छ ।

अहिले नेपाली टोली बिराटनगरमा उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् । भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले नेपाल हौसिएको छ । १५ वर्ष नेपाली फुटबलमा विताइसकेकी ।

९ बर्ष लगातार राष्ट्रिय टिममा रहेर खेलेकी । २८ खेलमा ३५ गोल गर्ने अनु लामाले अब भारत नेपालसँग डराइसकेको विश्लेषण गर्छिन । ४ वटा ह्याट्रीकको रेकर्ड बनाएकी नेपालकी सफल फुटबलर अनु यो पटक नेपालले उपाधि हात पार्ने दावी गर्छिन ।

कप्तान निरु थापा उनकी मिल्ने साथी हुन् । अनिता बस्नेतलाई अनु अनु भनेर बोलाउने भएर उनीहरु मितिनी–मितिनी भन्छन् । अरु सबै खेलाडी उनका बहिनीहरु पनि साथीजस्तै हुन् । चोटका कारण पनि राष्ट्रिय टिमबाट केही खेलहरु गुमाउनु परेपनि अहिले नेपालले उपाधि जित्नेमा उनी ढुक्क छिन् ।

५–६ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी उनले यो उपाधि नेपालले सुरक्षित गर्नेमा ढुक्क छिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!