पाँच भाई बहिनी बिच्चलीमा :बुबाको मृत्यु, आमाले अर्को बिहे

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका वडा नम्बर– ५ मना गाँउमा पाँच भाइबिहिनी बिच्चलीमा परेका छन् । बुवा क्यान्सरका कारणले मुत्यु र आमा अर्को बिहे गरेर गएपछि भाईबहिनी बिच्चलीमा परेका छन् । ४३ बर्षीय उमेरमा राम बहादुर साउदको क्यान्सरको कारणले मृत्यु भयो । बिर्मा साउद श्रीमानको मृत्यु भएको १० महिनापछि अर्को बिहे गरेर गईन् । बुवा मृत्यु र आमा बिहे गरेपछि १३ बर्षीय पार्वती साउँद, ११ बर्षीया सोविना साउँद, ९ बर्षीया अस्मिता साउँद, ७ बर्षीयसुवास साँउद र ४ बर्षीय रोशन साउद बिच्चलीमा परेका छन् । उनका आफन्तका नाममा कोही छैनन् । नजिकको नातेदार भनेका बाजेका भाईहरुको छोरा मात्र छन् । बिर्मा अर्को बिहे गरेर जाँदा ४ बर्षको रोशन १२ महिनाको थियो ।

आमा गइसकेपछि वडा नम्बर ६ कोर्ध बस्ने फुपु जमुना बडुवालले केही महिना घरमा आएर साहारा दिएकी थिईन् । उनी पनि घर फर्केपछि झनै अलपत्र बनेका छन् । बुवा बिरामी भई बिते आमा अस्पताल जान्छु भनेर गएकी हुन्, तर फिर्ता भईनन्, उनले अर्को बिहे गरेर गइरहिन्छन्, पछि फुपु हामीलाई सहयोग गर्न भनेर आईन तर उनका गाँउको देवता रिसाएको भन्दै साउन महिनामा फिर्ता भईन्, अहिले बिच्चलीमा परेको रुदै पार्वती साउँदले वताईन् ।

पाँच भाइबहिनी मध्ये ४ भाइबहिनी स्थानीय कैलाशेश्वरी मावि मनामा पढ्ने गर्छन् । पार्वती कक्षा ८ मा, सोविना कक्षा १, अस्मिता कक्षा २ र सुवास कक्षा १ मा पढने गर्छन् । पार्वती भदौबाट बिद्यालय गएकी छैनन् । फुपु हुँदासम्म कहिले काँही बिद्यालय जाने गरेको थिए । भदौबाट फुपु आफ्नो घर गएपछि अहिले भाइबहिनीलाई खाद्यन्न लुगा कपडाको जोहो गर्नका लागि गाँउघर चाहार्नु पर्ने भएकाले नजाने गरेको पार्वतीले वताईन् । पार्वतीले रुदै भनिन् कुनै दिन भाइबहिनी भोकै बस्ने गरेका छौ, लुगाकपडा कहिले राम्रा लगाउन पाँउदैनौ, अरुले दिएका फाटाटुटा लुगा लगाउने गरेको उनले वताईन् ।

जग्गा जमिन पनि छैन्, लगाउने कोही छैन्, फुपु आएर खेती लगाईदिन्छन्, त्योबाट आएको दुई महिना पनि खान पुग्दैन्, बाँकी गाँउमा मागेर खाने गरेको स्थानीय तुल साँउदले वताए । राम्रोसँग खान नपाएका कै कारण पाँचै भाइबिहिनि कुपोषित समेत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष बल बहादुर थापाले वताए । यी बिच्चलीमा परेका भाइबहिनीका लागि सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।

दिनेश खबरबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!