प्रहरीसँग मसाज, डान्सबारमा छापा मार्ने अधिकार छैनः आइजीपि सर्वेन्द्र खनाल

नेपालको केन्द्रिय राजधानी काठमाण्डौमा सञ्चालित मसाज, डान्स बार नियन्त्रण गर्न आफुलाई अधिकार नभएको नेपाल प्रहरीले बताएको छ । नेपाली प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले काठमाण्डौमा सञ्चालित मसाज, डान्स बार नियन्त्रण गर्न आफुहरुलाई अधिकार नभएको बताएका हुन् । नेपाल प्रहरीलाई यस्तो काम गर्र्नको लागि स्पष्ट अधिकार नभएको बताएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले काठमाडौंका मसाज, डान्स, बारहरुमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको प्रष्ट पारेका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको बताएका छन् ।

उनले समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरे पनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएको भन्दै दुखेसो पोखेका छन् । उनले उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!