कञ्चनपुर बलात्कारपछि हत्या प्रकरण: मुख्य अभियुक्त भनिएका दीलिपसिंह विष्ट रिहा

कञ्चनपुर : कञ्चनपुरकी युवती निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणमा स‌ंलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट डिएनए मेल नखाएपछि मंगलबार रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले विष्टकाे संलग्नता पुष्टि गर्ने अाधार नभएकाे भन्दै साधारण तारेखमा रिहा गर्न अादेश गरेपछि उनी छुटेका हुन् । डिएनए परीक्षणकाे प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएकाे थियाे ।

अदालतले उक्त प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेकाे हाे । घटनाकाे २४ दिनपछि प्रहरीले भदाै ४ गते विष्टलाइ मुख्य अभियुक्त भन्दै पक्राउ गरी सार्वजनिक गरेकाे थियाे । २१ दिन थुनामा बसेपछि विष्ट साधारण तारेखमा रिहा भएका हुन्। निर्मलाकाे साउन ११ गते शव घर नजिकैकाे उखुबारीमा शव फेला परेकाे थियाे । निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डीएनए र दीलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!