बलात्कारी निर्दोष रहेको भन्दै छुट्टाउन प्रहरीसँग झडप ! अबस्था डरलाग्दो …

गौर : बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति निर्दोष रहेको भन्दै रिहा गराउन प्रहरी कार्यालय पुगेको समुह र प्रहरीबीच गरुडामा मंगलवार झडप भएको छ । निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै गढीमाई नगरपालिका–४ का करिब एकसय स्थानीयले गरुडा बजारमा मंगलवार दिउँसो चक्काजामसमेत गरेका छन् ।

उजुरीपछि प्रहरीले ३२ गरुडा १२ ख संकेत राखेर घटनाको अनुसन्धान सुरु गरेको छ । गरुडाको मेथुर चौक र इलाका प्रहरी कार्यालय अगाडि उनीहरुले सडक बन्द गरेकाथिए । प्रहरीले बल प्रयोग गरेर सडकमा गरिएको जाम खुलाएको छ । केहीबेर प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको थियो ।

झडपमा एक प्रहरी हवल्दार र सातजना स्थानीय सामान्य घाइते भएका छन् । प्रहरीले सहुद अन्सारी, अजय साह र अवुसैद अन्सारीलाई पक्राउ गरेको छ । एक १३ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि गढीमाई नपा–३ का ५५ बर्षिय सहमत अन्सारीलाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रर्दशन उत्रिएका व्यक्तिहरुले ना.१ ज. ६१९२ नम्बरको म्याजिक भ्यान र प्रहरीको ना १ झ ५४२ नम्बरको भ्यानमा तोडफोड गरेका छन ।

भदौ २० गते गढीमाई नगरपालिका–३ गम्हरियाटोलकी बालिकालाई ५५ वर्षीय सहमद अन्सारीले करणी गरेको गाउँमा खुलेपछि गाउँमै छलफल गरीएको थियो । केही रकम दिएर घटना मिलाउने प्रयास भए पनि बालिकाका अभिभावकले आइतवार किटानी जाहेरी दिएका थिए ।

उजुरी परेपछि बालिकाको स्वास्थ्य परीक्षण गरी बलात्कारको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्सारी पक्षले भने उनी निर्दोष रहेको दाबी गरेको छ । बालिकाकी आमाले अन्सारीसँग ६ सय ५० रुपैयाँ लिएको सापट फिर्ता गर्न नमान्दा विवाद भएपछि बलात्कारको आरोप लगाएको बताएका छन ।

बालिका पक्षका व्यक्तिहरुले दुईजना महिलालाई दुव्र्यवहार गरेको भन्दै मंगलवार प्रहरीमा निवेदनसहित आएका थिए । प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि प्रहरी र अन्सारीका समर्थकबीच विवाद भएको थियो ।

रौतहट प्रहरी प्रमुख केदार ढकालले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि आरोपीलाई पक्राउ गरी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!