एजेन्सी । एचआइभिहरुको अधिकारका लागि रहेका अर्जेन्टिनाका संघ-संस्थाहरुको अनुरोधपछि त्यहाँ श्रीमान-श्रीमती वा युवक-युवतीबीचको सहमतिमा मात्रै खोल्न सकिने कण्डम बनाएको छ । अर्जेन्टिनाका सेक्स सम्बन्धिका सामग्री बनाउने कम्पनी तुलिपनले यस्तो कण्डम बजारमा ल्याएको हो ।
अर्जेन्टिनामा १४.५ प्रतिशतले मात्रै दैनिक कण्डम प्रयाेग गर्ने गरेको द नेक्स्ट वेवले जनाएको छ । त्यहाँका ६५ प्रतिशत मान्छेहरुले कहिलेकाही मात्रै र २०.५प्रतिशतले कहिले पनि कण्डम प्रयोग नगर्ने गरेको बताइएको छ ।
स्मरणीय कुरा के भने यसअघि सन् २०१५ मा लण्डनका एक स्कुले बच्चाहरुले यौन सम्पर्कबाट सर्ने रोग लागेको महिलासँग यौन सम्पर्क हुन पुगेमा रंग फेर्ने कण्डमकाे आविश्कार गरेका थिए । ती कण्डमले सेक्सुअल्ली ट्रान्समिटेड डिजेज एसटीडी लागेका महिलाहरुसँग यौनसम्पर्क गर्दा रंग बदलेर यौन रोग लागेको कुरा थाहा हुन्छ ।
दायान्याली अली, चिरग शाह, १४ वर्षका र मउज नवाज १३ वर्षकाले यस्तो आइडिया दिएका थिए । जसका कारण उनीहरुले टीनटेक अर्वाड (बालप्रविधि पुरस्कार) जितेका थिए । सो कण्डमले क्लामेडिया, हरपेस एचपीभी र सिफिल्स लागेको कुरा रंग फेरेर संकेत गर्छ । जसका लागि कण्डममा केही रसायन राखिन्छ । यो किसिमको कण्डमलाई एस टी आइ नाम दिइएको थियो । याे कण्डम छिटै बजारमा अाउने छ।
तुलिपन कम्पनीले बनाएको यो कण्डमको प्याकेट एकै पटक दुइ हातले चारठाउँमा दबाए मात्रै खुल्छ । कण्डमको प्याकेटमा ४ ठाँउ दिएका हुन्छन् जहाँ सँगै दुई जनाको हातले दबाए मात्रै खुल्नेछ । यो कण्डमलाई ‘कन्सेन्ट कण्डम’ नाम दिइएको छ ।
नेपालमा हाल स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ । यसप्रतिको धारणा गलत रहन जाँदा यस्तो भएको विभागको दाबी छ ।
एचआईभी संक्रममित मध्ये ७७ प्रतिशतकाे कारण कन्डमबिनाको यौन सम्पर्कले हुने गरेको पाइएको छ । दम्पतीमा ४३ प्रतिशतले मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गरेको सन् २०१६ को तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्