शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ यूनिटले प्रचार प्रसारलाई तिब्रता दिइरहेका बेला चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेको हो ।

यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । चलचित्रको यो गीतले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास गर्न सकिन्छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्रका गीत संगीत र ट्रेलरले पछिल्लो समय दर्शकको मन जितीरहेको निर्माण यूनिटको दाबी रहेको छ ।.

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!