बसको ब्रेक फेल हुदाँ ५ महिनाको नाबालिकासहित ४ जनाको मृत्यू

सन्तोष काफ्ले

सुनसरी । धनकुटाको ६ नम्बर बुधबारेवाट धरान तर्फबाट आउदै गरेको यात्रुवाहक बस धरानको जिरोपोइन्टमा दुर्घटना हुँदा ५ महिनाको नाबालिकासहित ४ जनाको मृत्यू भएको छ । दुर्घटनामा परि बस चालक धरान ८ का चक्रबहादुर गुरुङ , मोरंगको केराबारी ९ का यामकुमारी मगर र उनकी ५ महिनाकी छोरी डिना मगर र धनकुटाको चौबीसे गाउँपालिका १ का ५७ बर्षीय दलबहादुर मगरको मृत्यू भएको छ ।

बुधबारेमावाट विहान ८ वजे धरानको लागि हिडेको ना ६ ख २७१३ नम्बरको वस दुर्घटनामा परि ३८ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाका विजयपुर अस्पताल र अन्यको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो । ती मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक गौरि शंकर साहले बताउनुभयो ।

धरानको जिरोपोइन्ट भन्दा ५ सय मिटर माथि नै गाडीको वे्रक फेल भए पछि जोगाउन खोज्दा खोज्दै गाडी विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका घाइते तेज कुमार लिम्बुले बताउनुभयो ।

चालकले जोगाउन निकै कोशिस गरेको भए पनि नसकेको वताउदै लिम्बुले आफु मरेर भए पनि अरुलाई बचाएको जानकारी दिनुभयो । गाडीको व्रेक फेल भएको कारण दुर्घटना भएको उहाँको भनाई छ । यस अघि पनि २०५८ सालमा साही स्थानमा दुर्घटना हुदा १३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!