हिन्दू राष्ट्र चीहियो भन्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले बजार्यो लठ्ठी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण धर्ना कार्यक्रममा व्यापक रुपमा प्रशासनिक दमन भएको भन्दै त्यसको निन्दा गरेको छ । पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको भत्र्सना गरेका हुन् ।

जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्र्धािरत कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज र अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको जनाइएको छ ।

त्यस्तै राप्रपाले आज सिंहदरबार अगाडि, ७ वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । धर्नाका क्रममा पोखरामा गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङ, केन्द्रीय सदस्य जयलाल पुन, कास्की अध्यक्ष डा.महेन्द्र बहादुर कार्कीसहित १९ जनालाई केही समय प्रशासनले नियन्त्रणमा लिएको समेत जनाइएको छ । पोखरामा शान्तिपूर्ण धर्नामा बसेका पार्टीका नेताहरूलाई नियन्त्रण लिइएको घटनाप्रति राप्रपाले निन्दा समेत गरेको छ ।

राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । आफ्ना मागका सम्बन्धमा जनमत सिर्जना गर्ने र सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले सो पार्टीे जनसंघर्षको घोषणा गर्दै शान्तिपूर्ण प्रदर्शनमा होमिएको छ ।

सो पार्टीले आफ्ना जनसंघर्षका कार्यक्रम अन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहमा १ घण्टा धर्ना दिने, वैशाख ५ गते धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रहको आयोजना गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!