बेल्चा बोकेर चिनियाँ राष्ट्रपति वृक्षारोपण गर्न मैदानमा उत्रिएपछि

चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार एक स्वैच्छिक वृक्षारोपण कार्यक्रममा सहभागि भए । बेजिङस्थित तोङ्जो जिल्लामा उनी बेल्चा र पानी बोक्ने भाँडो सहित वृक्षरोपनमा खटेको दृश्य देखियो । उनले विद्यार्थीहरुसँग मिलेर जमीन खनेको, रुख रोपेको अनि पानी हालेको फोटो र भिडियो समेत सार्वजनिक भएका छन्।

चिनियाँ राष्ट्रपति सि चिनफिङको आह्वानमा हाल ‘स्वदेशलाई हराभरा बनाउँ’ भन्ने अभियानका साथ चीनमा प्राकृतिक सम्पदा रक्षा गर्ने कार्यक्रमहरु संचालन भइरहेका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ स्वंय यस्ता कार्यक्रमहरुमा सहभागी हुनेगरेको जनाइएको छ। सिसँगै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु समेत यस्ता कार्यक्रममा सहभागी हुन्छन्।

यसै महिनाको १२ तारिखमा चीनले लगातार वृक्षरोपन कार्यक्रम संचालन गरेको ४० वर्ष पुरा हुँदैछ । चिनियाँ राष्ट्रपति सि चिनफिङका अनुसार चीनको यस कार्यक्रमले विश्वलाई हराभरा बनाउन मदत गरिरहेको छ। चीनले सन् २०२० सम्म अहिले भएका रुख विरुवा भन्दा २३ प्रतिशत रुख विरुवा बढाउने लक्ष्य राखेको छ। यस्तै सन् २०३५ सम्म २६ प्रतिशतले रुख विरुवाको संख्या बढाउने लक्ष्य राखेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!