निजी विद्यालयका कक्षा १ देखि १० सम्मकाे शुल्क यस्ताे छ

काठमाडौं । राजधानीका निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि काठमाडौं महानगरले मंगलबार अधिकतम शुल्क निर्धारण गरेको खबर आजको राजधानी दैनिकले छापेको छ । विगत दुई वर्षदेखिको शुल्क समायोजन गर्दै महानगरपालिकाले अधिकतम शुल्क तोकेको हो ।

समाचारकाे अनुसार, कक्षा १ देखि ५ सम्म ‘क’ वर्गका विद्यालयका लागि २ हजार ८१२ रुपैयाँ, ‘ख’ वर्गका विद्यालयका लागि २ हजार ४१८, ‘ग’ वर्गका लागि २ हजार २४ र ‘घ’ वर्गका विद्यालयका लागि एक हजार ६३० रुपैयाँ अधिकतम शुल्क कायम गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम् शुल्क १ हजार ९०१ रुपैयाँ, ‘ग’ वर्गका लागि २ हजार ३५१, ‘ख’ वर्गका लागि २ हजार ८०१ र ‘क’ वर्गका विद्यालयका लागि ३ हजार २५१ रुपैयाँ कायम गरिएको छ । यसअघि क्रमशः १ हजार ३५०; १ हजार ८ सय, २ हजार २५० र २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले २ हजार ५३७ रुपैयाँ अधिकतम शुल्क लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!