तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ

काठमाडौंको तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।

बैंकको तीनकुने शाखा कार्यालयमा रहेको एटीएम मेसिन मंगलबार राति सवा ८ बजे फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एक थान हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Source : Setopati

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!