चर्चित भारतिय गायिका नेहा कक्कड नेपाल आउँदै

र्चित भारतिय गायिका नेहा कक्कड नेपाल आउँदै छिन् । उनी ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’ले आयोजना गरेको दुई कार्यक्रममा सहभागिता जनाउँन नेपाल आउन लागेकी हुन् । आयोजक दिपक घिमिरेले छिट्टै नै नेहाको कन्सर्टमा सहभागी हुन दर तोकेर टिकट बुकिंगका लागि खोलिने जानकारी दिए ।

नेहाले बैशाख २८ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने २९ गते ठमेलस्थित एलओडी क्लबमा आफ्नो प्रस्तुती दिनेछिन् । सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै नेहाले काठमाण्डौमा आफु आउने खबर फ्यानमाझ विश्वस्त पारेकी छन् । उनले उक्त भिडियो मार्फत दर्शक स्रोतालाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी छन् ।

नेहाको ‘आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायत गीतहरुले सर्वाधिक चर्चा बटुलेका छन् । नेहा हालकी बलिउडकी अग्रपंत्तीकी गायिकामा पर्न आउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!