श्रीमान भारतनमा रोजगारी गर्दै , श्रीमती आफ्नै भतिजसँग भागिन

काठमाडौं । बढ्दो बैदेशिक रोजगारीले नेपालमा दम्पतीहरुकाबीचमा फाटो ल्याउने गरेको छ । एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् । बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् ।

पीडित थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताए । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको खोजी गरिदिन आग्रह गरेका छन् । कसैले भेट्टाएमा ९३१९२०९८६१ मा खबर गरिदिनहुन पनि थापाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!