आजको राशिफल : वि.सं.२०७६ साल भाद्र २८ गते । शनिवार

वि.सं.२०७६ साल भाद्र २८ गते । शनिवार । ईश्वी सन् २०१९ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि पूर्णिमा,०७ घडी १२ पला,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाभाद्रपदा,४२ घडी २६ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग शूल,४१ घडी ३७ पला,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त गंड । करण बव,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त बावल,बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काल योग । चन्द्रराशि कुम्भ,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त मीन । काठमाडौँमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान ३० घडी ५० पला । पञ्चक। येँ पुन्ही। वंगया–मंगया। काठमाडौँ दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । साँझपख लामो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्याक्तित्वहरु सँग विवाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकूलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाँचो पर्नेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ । साँझपख खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरूबिच मतभेद बढ्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पति परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ । साँझपख समय राम्रो रहेकोले व्यवसायकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन भने कृषि, पशुपालन तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा राम्रो प्रगति गरी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दौडधुप तथा लामो खटाईले मात्र कामहरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तित्व सँग विवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मीयताको कमी हुनेछ । कष्टकार यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । साँझबाट समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!