अवार्ड मिलाइदिने प्रलोभनमा गायिकालाई यौन प्रस्ताव गर्ने महासचिव सुमन बुढामगर बर्खास्त

अवार्ड मिलाइदिने प्रलोभनमा पारेर गायिकालाई यौन प्रस्ताव गर्ने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगर बर्खास्त भएका छन्।

कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले बुढामगरले आफूलाई पटक-पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी थिइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नका लागि समेत दबाव दिएको आरोप लगाएकी थिइन्।

कलाकार शेर्पाको आरोप सहितको स्टाट्स सार्वजनिक भएपछि ‘वर्ल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!