प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि एसीड प्रहार, युवक ६ बर्षपछि पक्राउ

हेटौंडा । हेटौंडा ३ की बिन्दवासिनी कंशकारलाई एसिड प्रहार गर्ने युवक ६ बर्षपछि पक्राउ परेका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि एसीड प्रहार गर्ने भारतीय युवक दिलिप राज केशरीलाई प्रकाउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो ।

२०७० वैशाख ९ गते बिहान कंशकारलाई एसिड प्रहार गरी केशरी फरार भएका थिए। प्रेम प्रस्ताव अस्वीकार गर्दा केशरीले उनलाई एसिड आक्रमण गरेका थिए ।

फरार भएपनि उनी नेपाल आउने जाने गरिरहेको सुराकीको आधार प्रहरीले पक्राउ गरेको हो ।

बिन्दबासिनीको न्यायका लागि परिवारजन र नागरिक समाजले समेत प्रहरीलाई पटक पटक दबाब दिँदै आएका थिए ।

दोषीमाथि मृत्युदण्डको सजाय हुनु पर्ने पीडित युवतीको माग छ ।

प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा युवतीले ती युवकमाथि पत्रकार सम्मेलनमै झम्टिन खोजेकि थिइन् । उनलाई प्रहरीले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!