कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औषाधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी

एजेन्सी, २० जेठ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ ।

योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ । रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएकाे छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका काेराेना संक्रमितहरूलाइ याे औषाधि दिइने बताएकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औषधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि बिकास गरेका दावी गरेपछि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!