अविरल वर्षाले पहिरो, १५ लाखभन्दा बढीको क्षति!

नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीको जगतामा पहिरो गएको छ । पहिरोले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।

नरपानीको जगात निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको लैनो भैंसी, एक बाख्रा, २ वटा खसी, कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको छ । पहिरोले १५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताए ।

बिहान एक्कासी आएको पहिरोले घरगोठ बगाएको हो । पहिरोका कारण त्यसै स्थानमा अन्य तीन घर पनि जोखिममा रहेका छन् ।

अविरण वर्षाका कराण विभिन्न स्थानमा पहिरो गएपछि गोरुसिंगे सन्धिखर्क सडकअवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको नरपानी तथा शितगंगा नगरपालिकाको सितापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए ।

पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । वर्षा र पानीले पहिरो जाँदा जिल्लाका ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!