काठमाडौं, ४ मंसिर — अमेरिकी वायुसेवाको एक फाइटर जेटले एग्जस्ट फ्युमको सहायताले आकाशमा पुरुषको गुप्तांगको चित्र बनाएका छन् ।
वाशिङटनको ओकानोगन काउन्टीमाथि एक हप्ताअघि गरिएको यो हर्कतका लागि वायुसेनाले माफी पनि मागिसकेको छ ।
धेरै मानिसले आकाशमा लिंगको आकृति देखे । तस्वीर सामाजिक सञ्जालमा पनि शेयर भयो ।
अमेरिकी वायुसेनाले विमानको क्रुको यो गतिविधि गैरजिम्मेवार भएको र यसमा कारवाही चलाइने बतायो । क्रु मेम्बरलाई उडान भर्न प्रतिबन्ध लगाइएको छ ।
वायुसेनाले यो गतिविधिको तालिमसँग कुनै सम्बन्ध नरहेको बताएको छ । मामिलाको अनुसन्धान भइरहेको छ ।
दुई सीट भएको फाइटर जेटले यो बनाएको थियो ।
सामाजिक सञ्जालमा यस तस्वीरका बारेमा सबैखाले टिप्पणी आइरहेका छन् । कसैले यसलाई कलाको सुन्दर नमूना मानेका छन् भने अन्यले यस्तो काम गर्ने मानिसको दिमाग नकारात्मक भएको मानेका छन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्