नायब केशव स्थापितविरुद्ध अदालतमा घुस मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा राजश्व विभाग, करदाता सेवा कार्यालय, पुतली सडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगरविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नियमअनुरुप सेवाग्राहीको स्थायी लेखा नम्बर दर्ता खारेज नगरी सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको अवस्थामा अख्तियार टोलीले स्थापितलाई रंगेहात पक्राउ गरी हिरासतमा लिएको थियो ।

स्वतः हुने कामका लागि पनि सेवाग्राहीबाट घुस रकम लिइसकेको अबस्थामा स्थापित समातिएका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुरुप जेल सजाय र जरिवाना माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!