पुष्कर भट्ट
कञ्चनपुर– संयुक्त वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरबहादुर धामीले कम्युनिष्यको शासन आए साच्चिकै जनताले रुनु नपर्ने बताएका छन्।
मंगलबार बेदकोट नगरपालिका–६ मुसेपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वामका उम्मेदवार धामीले कम्युनिष्ट जनताकै सुविधाका लागि जन्मिएकाले कम्युनिष्ट शासन आए मात्रै जनतालाई मालामाल हुने बताएका हुन्।
कम्युनिष्टले जनताका आधारभूत समस्या, दुख पीडा बुझेको महसुस गरेकाले त्यो पीडामा मलम लगाउन कम्युनिष्ट नै चाहिने भएकाले आफ्ना पीडाबाट मुक्तिका लागि कम्युनिष्ट उम्मेदवार रोज्न समेत आग्रह गरेका छन्।
‘कम्युनिष्टको शासन आए ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई गोली ठोकेर मारिदिन्छ भन्दै हाम्रा बिरुद्ध विपक्षले अफवाह फैलायो,’ उनले भने, ‘हामीले जेष्ठ नागरिकलाई मा¥यौँ की उनीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गरेका छौँ त्यो अहिले तपाईहरु आफै जान्नुहोस्।’
कम्युनिष्टविरुद्ध यस्तो आरोप लगाएका बेला कम्युनिष्ट सत्तामा पुग्दा १ सय रुपैयाँबाट अहिले २ हजार र अब कम्युनिष्टले बहुमत ल्याए जेष्ठ नागरिकका लागि ५ हजार समाजिक सुरक्षा भत्ता पु¥याउने धामीले उद्घोष गरेका छन्।
५ वर्षभित्रै देशको आर्थिक विकासलाई बृद्धि गरि १० वर्षभित्रै जनतालाई सबै समस्याबाट मुक्ति दिलाउने उनले संकल्प गरे।
यस अघ जितेकाहरुले यस निर्वाचन क्षेत्रमा विकासको खोलो बगाएको भनेर जनतामा झुट्टा प्रचार गरेले अहिले झुट्टा आवश्वासन सावित भएको उनले दावी गरे। ‘यो २ नम्बर निर्वाचन क्षेत्र सबैभन्दा अभावै अभावले ग्रस्त क्षेत्र रहेछ, ‘उनले भने, ‘यहाँको क्रान्तिकारी विकास र सम्बृद्धिका लागि सबै कम्युनिष्टका उम्मेदवार जिताउनुहोस्।’
कम्युनिष्ट नेताहरुले जिते यस क्षेत्रका आम समस्या हल गर्दै निर्वाचन क्षेत्र नम्बर २का जनतालाई नोकर होईन मालिक बनाउने उनले घोषणा गरेका छन्। ‘यस निर्वाचन क्षेत्रको वैज्ञानिक ढङ्गबाट दिगो विकास गरेर यहाँ बषौँदेखि बस्दै आएका जनतालाई लालपुर्जा धनी बनाउँछु, ‘उनले भने, ‘मलाई एक पटक जनताको सेवा गर्ने मौका दिनुहोस्।’
यहाँका जनता सचेत भएकाले भन्दै कसैले क्षणिक प्रलोभनमा नफस्ने विश्वास व्यक्त गरे। वषौँदेखि आरक्ष पीडित, सुकुमबासी, वाढी पीडितको समस्या उस्तै रहेकाले समाधान गर्ने समेत प्रतिबद्धता जनाएका छन्।
कटानी नियन्त्रण हुन नसक्नु विडम्बना भएको उनको दुखेसो छ। यस क्षेत्रको औद्योगिक विकास गर्न सके मात्रै आर्थिक विकास हुने धामीको भनाई छ। आफू यसै भूमिका जन्मेको गरिब जनताको छोरो भएकाले आफुलाई यस क्षेत्रको सबै समस्या बारे थाहा भएको उनले बताए।
एक पटक जसरी भएपनि आफूलाई छान्न समेत उनले अनुरोध गरेका छन्।
यसैगरी, कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभाका उम्मेदवार लालबहादुर खडकाले ७ नम्बर प्रदेश पर्यटकीय र जटिबुडीको सम्भावना बोकेको क्षेत्र भएकाले आर्थिक विकास र सम्बृद्धिका लागि पर्यटकिय क्षेत्रको विकास र जटिबुडीको सदुपयोग गरि आर्थिक विकास गर्ने उद्घोष गरेका छन्।
सुदूरका उच्च हिमाली, पहाडी र तराईमा थुप्रै पर्यटकिय स्थल भएपनि सुधार नभएका कारण विकास हुन नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्