खाली पेटमा यी खाने कुरा खाएमा विष बराबर हुन्छ

एजेन्सी । हामि धेरै जसोको बानि बिहान खालि पेटमा चिया अथवा अरु जे खाने कुरा पायो त्यहि खाने हुन्छन् । झन् कसैको बानी त

विहान बेडमै चिया पिउने हुन्छ । जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन्।

हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ । हाम्रो शरीरलाई त्यस्तो खाने कुराले नाजुक बानाइ दिन्छन्। यी खाने कुरा कहिले पनि खालि पेटमा नाखानुहोला जुन तल दिएका छन्।

चिया/कफी : हामि बिहानाको समयमा खाली पेटमा  चिया र कफी पिउछौ । जुन  स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । यसले  एसिडिटी पनि हुन सक्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छन् ।

 

मसालेदार खाना : प्रया :जसोलाई  स्पाईसी वा धेरै पिरो खानेकुरा मन पर्छ र बिहानै ब्रेकफास्टमा खान्छन् जुन कहिले पनि खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स :  विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । र पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

अमिलो फल :  अमिलो फल खाली पेटमा खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ । News24

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!