एयर चाइनाले उत्तर कोरियासँगको उडान बन्द गरेको छ। ग्राहक संख्या नभएको भन्दै सो एयरलाइन्सले उडान बन्द गरेको हो।
यसअघि अप्रिलमा पनि एयर चाइनाले उत्तर कोरियासँगको उडान बन्द गरेको थियो। तर मे ५ मै पुनः सञ्चालन भएको थियो।
सो विमान कम्पनीले उत्तर कोरियामा साताको दुई उडान भर्दै आएको थियो।
यसलाई उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्न चालिएको कदमको रुपमा पनि हेरिएको छ।
यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने यो विषय आफूलाई थाहा नभएको बताएका छन्। एजेन्सी NepakKhabar
प्रतिक्रिया दिनुहोस्