बिदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले दियो अहिले सम्मकै खुसिको खबर, मंसिर १० बाट ५० करोड रुपैयाँको बैदेशीक रोजगार बचत
बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ । नेपालमा सिटिजन्स, एनएमबी, नबिल, माछापुच्र्छे, प्रभु, सनराइज,सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्सियल बैंकमार्फत खरिद गर्न सकिन्छ । त्यस्तै, प्रभु मनि ट्रान्सफर, सिटी एक्सपे्रस, आईएमई लिमिटेड, सेवा रेमिट समेतबाट खरिद गर्न सकिनेछ ।
देशबाहिरका देशहरु मलेशिया, कतार, कुवेत , युएइ, जापान, साउदी अरब, कोरिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि बचत पत्रमा लगानी गर्न सकिने व्यवस्था छ । यी देशहरुमा आइएमइ लिमिटेड, सिटी एक्सपे्रस,प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक र सनराइज बैंकले बचत पत्र बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
बार्षिक १० प्रतिशत व्याजदर पाइने यस्तो बचत पत्रको व्याजमा कर समेत नलाग्ने व्यवस्था रहेको छ । ६/६ महिनाको दरमा व्याजदर पाइने यस्तो बचत पत्र बैंक तथा वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन पनि सकिनेछ ।
व्याज आफैले लिनुपर्छ भने छैन्, आफुले इच्छाइएको व्यक्तिलाई पनि भुक्तानी दिने व्यवस्था रहेको छ । ५ वर्षसम्म बचत पत्रको अवधि कायम रहनेछ भने त्यसपछि खरिदकर्ताले साँवा फिर्ता पाउने।
प्रतिक्रिया दिनुहोस्